Main News

विजनेश नदिएर सरकारले संसद असफल बनाउन खोजेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते २०:१७
विजनेश नदिएर सरकारले संसद असफल बनाउन खोजेको आरोप (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएर संसद असफल बनाउन खोजेको आरोप लगाएका छन । आफनो चाहनाविपरीत संसद पुनर्स्थापना भएकाले सरकारले असफल बनाउन विजनेश नदिएको उनीहरुको आरोप छ ।

सरकारी कदमको सरकारी र विपक्षी दुवै दलका सांसदले आपत्ति जनाएका छन् । संसद बैठकमा बोल्दै कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संसद छल्न खोजेको उहाँको आरोप छ ।

संसद बैठकपछि पत्रकारसँग अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद असफल बनाउन खोजेको प्रतिक्रिया दिनुभयो ।

सत्तारुढ नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले संसद फेरि विघटन गर्न चाहेकाले काम नदिएको आरोप लगाउनुभयो ।

तर एमाले संसदीय दलका उपनेता एवं प्रधानमन्त्रीका विश्वास पात्र सुवासचन्द्र नेम्वाङले संसद पुनर्स्थापना भएपनि समस्या समाधान नभएकाले अप्ठ्यारो परेको बताउनुभयो ।

संसद पुनर्स्थापना भएपनि सरकारले विजनेश नदिएपछि संसदले काम गर्न पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *