Main News

कांग्रेसले भन्यो–भारतले सीमामा एकतर्फी तटबन्ध बनाउँदा राष्ट्रवादी भनिने सरकार मौन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते १७:५८
कांग्रेसले भन्यो–भारतले सीमामा एकतर्फी तटबन्ध बनाउँदा राष्ट्रवादी भनिने सरकार मौन ? (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बनाउँदा नेपाल सरकारले मौन सहमति जनाएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणाधीन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर रहेको भन्दै आपत्ति जनाउनुभयो ।

मुलुकको सार्वभौसत्तामाथि हमला हुँदा आफूलाई राष्ट्रवादी भन्ने सरकार कहाँ भनेर सांसद बडुले आक्रोश व्यक्त गर्नुभयो । आफ्नो भूमि मिचिँदा नबोल्ने सरकार राष्ट्रवादी हुन नसक्ने बडुले टिप्पणी गर्नुभयो ।

भारतले बनाईरहेको तटबन्ध तत्काल नरोकिए वर्खामा नेपाली बस्ती र खेतीयोग्य जमीन नष्ट हुने भन्दै तटबन्ध निर्माण रोक्न सांसद बडुले माग गर्नुभयो ।

दार्चुलाकै सांसद मन्त्री रहेको बेला मेत यो विषयमा कुनै सुनुवाई नभएको भन्दै बडुले रोष प्रकट गर्नुभयो । ओली सरकारमा अहिले दार्चुलाका गणेशसिंह ठगुन्ना मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *