Main News

आमाको काखमा दुर्गाप्रसादको दोश्रो दिन : बोल्न चाहन्छन्, बोली आउँदैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते ६:३५
आमाको काखमा दुर्गाप्रसादको दोश्रो दिन : बोल्न चाहन्छन्, बोली आउँदैन (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाको घरमा उहाँलाई भेट्न आउने अहिले पनि रोकिएका छैनन् । आमा, दाजु भाइ र घर परिवारसँग घुलमिल हुने प्रयाश गरिरहेका दुर्गाप्रसादलाई हामीले उहाँकै घरमा पुगेर भेटेका छौँ–

आइतबार घर आइपुगेका दुर्गाप्रसाद तिम्सिनाले कसैसँग खासै कुराकानी गर्नु भएन । उहाँको गफ सुन्न र ४० वर्ष जेलमा विताएको त्रासदी सुन्न छिमेकी र आफन्त आतुर थिए । तर उहाँ केही बोल्नु भएन ।

तर दोश्रो दिन आज भने स्थिति फरक थियो । उहाँ भेट्न आएका आफन्तसँग गफ गर्न उत्सुक हुनु भयो । तर उहाँको बोली स्पष्ट छैन।

सोधेका प्रश्नमा उहाँले छोटो उत्तर दिनुभयो । आफूलाई मिठो खुवाउछु भनेर प्रकाशले फसाएको बताउनुभयो । दुई कक्षासम्म पढेका उहाँ आफ्नो नाम लेख्न सक्नुहुन्छ ।

उहाँलाई भे्टन आएका आफन्तले पैसा दिए पनि सहजै स्वीकार्नुहुन्न ।

४० वर्ष जेलमा बिताएको त्रासदीबाट मुक्त भएर आमाको काखमा लुटपुटिन आइपुगे पनि उहाँ शारीरिक र मानसिक रुपमा निकै कमजोर हुनुहुन्छ ।

हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका दुर्गाप्रसादलाई कुनै सुनुवाइबिना नै भारतमा जेलजीवन बिताउनु पर्‍यो । यो उहाँमाथि भएको ठूलो अन्याय हो । यसको क्षतिपूर्तिका लागि पहल हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *