उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

Himalaya Television
२०७७ चैत ९ गते १२:५१

उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

९ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs