Political Hightlights

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छः नेता सिंह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १३:११
नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छः नेता सिंह (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन नसकेको, जनता समाजवादी पार्टीले पनि पार्टीबाट अनैतिक सरकारको राजीनामा गराउनका लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर संख्या नपुग्दैमा खाली सरकार परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहन्छौँ त भन्दाखेरी न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पुरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।’

नेता सिंहले कम्युनिष्ट पार्टीलाई जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताउनुभयो । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्