विदेश
भारतको मुम्बईमा भिडभाडमा जानेले कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने
२०७७ चैत ८ गते ८:००
८ चैत २०७७ मुम्बई । भारतको मुम्बई शहरका भिडभाड हुने स्थानमा जानेहरुले अनिवार्य कोरोना परीक्षण रिपोर्ट लानुपर्ने भएको छ ।
संक्रमणदर फेरि बढिरहेकाले भारतको मुम्बई प्रशासनले भिडभाड हुने स्थानमा जानका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेको हो । स्थानीय सरकारले शपिङ सेन्टर र रेलवे स्टेशन जस्ता क्षेत्रमा जाने सर्वसाधारणलाई कोरोना परीक्षण रिपोर्ट बोकेर जान आग्रह गरेको छ ।
ती स्थानमा अनियमित रूपमा परिक्षणको दायरा बढाउने तयारी पनि गरिएको छ । कोरोना परीक्षण गर्न अस्वीकार गर्नेलाई सार्वजनिक अपराध सरहको कसुरमा थुनामा राखिने अधिकारीहरुले बताएका छन् ।
भारतमा शनिबार मात्र ४० हजार ९ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो, जुन चार महिना यताकै उच्च हो ।
प्रतिक्रिया