छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष कारागार सजाय
२०७७ चैत ५ गते १३:४५
५ चैत २०७७ डोटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठह-याई सजायँ सुनाउनुभएको हो ।
गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजायँ सुनाएको बताइएको छ ।
प्रतिक्रिया