एमाले असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज यसरी सकिँदै

Himalaya Television
२०७७ चैत ५ गते ७:३८

एमाले असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज यसरी सकिँदै

५ चैत २०७७ काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।

ललितपुरको हेरिटेज गार्डेनमा जारी भेलाले आगामी तीन महिने कार्यभार सार्वजनिक गर्ने छ । हिजो शुरु भएकोव भेलाको पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिएको थियो ।

१० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी आजको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रूपमा कार्यभारमा समावेश गरिने भट्टराईले जानकारी दिनुभयो ।

‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयको ८ पृष्ठको प्रतिवेदन पनि पारित गरिने छ । भेला आजै साँझ पाँच बजे सकिनेछ । अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको भेलाप्रति असन्तुष्ट हुनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs