Main News

सर्वोच्चका दुई जना न्यायाधीशको सुनुवाइ प्रक्रिया शुरु

हिमालय टिभी
२०७७ चैत ४ गते १५:१७
सर्वोच्चका दुई जना न्यायाधीशको सुनुवाइ प्रक्रिया शुरु

४ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित दुवै जना न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । समितिले प्रस्तावित न्यायधीशविरुद्ध सूचना प्रकाशित भएको मितिदेखि १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको हो ।

समितिले न्यायाधीशमा सिफारिस व्यक्तिहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

न्यायपरिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

परिषद्ले सर्वोच्चमा सिफारिस गरिएका न्यायाधीशहरुको बायोडाटासहित संसदीय सुनुवाईका लागि संसदलाई पत्र लेखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *