Political Hightlights

ओलीले सबै अंग र स्रोत साधन कब्जा गरेर शासन गर्न खोजेको डा. भट्टराईको आरोप

हिमालय टिभी
२०७७ चैत ४ गते १३:२९
ओलीले सबै अंग र स्रोत साधन कब्जा गरेर शासन गर्न खोजेको डा. भट्टराईको आरोप

४ चैत २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यग डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंग र स्रोत साधन कब्जा गरेर शासन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

ट्वीटर मार्फत पूर्व प्रधानमन्त्री भट्टराईले राज्यका सबै अंग र साधनश्रोत कब्जा गरी सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर प्रधानमन्त्री ओली आफु चक्रवर्ती बादशाह बन्न खोजेको आरोप लगाउनुभएको हो ।

पछि हट्ने कुनै छाँटकाट नदेखिएको भन्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई विदा गर्न र संविधानको रक्षा गर्न चुकेमा ईतिहासले माफी नदिने भन्दै अरु दलको ध्यानाकर्षण गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्