Main News
स्थायी न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशको संसदीय सुनुवाइ हुने
२०७७ चैत ४ गते ८:५८

४ चैत २०७७ काठमाडौं । सर्वाेच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु हुने भएको छ ।
न्याय परिषदले रिक्त दुई न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।
सर्वाेच्चको न्यायाधीशका लागि संसदीय सुनुवाइ हुनुपर्ने संविधानको व्यवस्था अनुसार सुनुवाइ हुन लागेको हो । परिषदको पत्रअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको सुनुवाइ समितिले बताएको छ ।
समितिले शुरुमा उनीहरुविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गर्नेछ । उक्त उजुरीमा छलफलपछि सुनुवाइ थाल्नेछ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि उहाँहरुको नियुक्ति हुनेछ।
प्रतिक्रिया