शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक चैत ६ गतेसम्मका लागि स्थगित

Himalaya Television
२०७७ चैत ३ गते १३:३२

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक चैत ६ गतेसम्मका लागि स्थगित

३ चैत २०७७ काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले यादवको निधनमा दुःख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराउनुभएको थियो ।

अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs