Main News

आज राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने

हिमालय टिभी
२०७७ चैत ३ गते ६:१४
आज राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने

३ चैत २०७७ काठमाडौं । वर्तमान राजनीतिक संकट समाधानका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

आज दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बैठक राष्ट्रपति भवन शीतलनिवासमा बस्ने छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको छ । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा ब्युँताइदिएको छ भने नेकपाको एकता खारेज गरिदिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि दुवै पार्टीमा विवाद देखिएको छ भने आगामी सरकारका लागि दलहरू दौडधुपमा छन् ।

दलहरूबीच सहमतिको वातावरण बनोस् भन्नका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको शीतल निवास स्रोतले जनाएको छ ।

बैठकमा नेकपा (एमाले(, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र(, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *