Main News
कांग्रेस सभापति देउवाले भने– कम्युनिष्ट पार्टीविरुद्ध लड्ने बेला भयो (भिडियो रिपोर्टसहित)
२०७७ फागुन २९ गते १५:२४

२९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभएको छ ।
पार्टीको महिला भेला तथा प्रशिक्षणमा सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेकाले त्यसविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो ।
सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताउनुभयो । नेपाली कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उहाँले परिस्थिति आइपर्यो भने जिम्मेबारीबाट नभाग्ने पनि दोहोर्याउनुभयो ।
सभापति देउवाले पार्टीमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया