Political Hightlights

ओली सरकारमा सहभागी थापासहित सबै नेतालाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते १२:४७
ओली सरकारमा सहभागी थापासहित सबै नेतालाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित वर्तमान सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । छ जना मन्त्रीसहित एमालेमा लागेका नेताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा हुनुहुन्छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ६ जना मन्त्रीसहित २३ माओवादी नेतालाई हिजो एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको थियो । गृहमन्त्रीसमेत रहेका थापालाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

२४ घण्टाभित्र आफ्नो पार्टीमा नफर्किए उनीहरुमाथि कारबाही हुनेछ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । पर्सिका लागि राखिएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय राजनीतिका अन्य विषयमा, पार्टीहरुसँग थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले राष्ट्रिय कार्यकर्ता भेला स्थगित गरिएको माओवादीले जनाएको छ ।

बैठकमा एमालेभित्रको विवाद, त्यसले नयाँ सत्तासमीकरण र आफ्नो पार्टीमा पार्न सक्ने असर बारे पनि छलफल भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्