एमालेको नेपाल–खनाल समूहको बैठक बिहानैदेखि जारी
२९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बिहानैदेखि बसिरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेपछि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको एक नेताले बताए । नेता रघुजी पन्तका अनुसार आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा बैठक केन्द्रित छ ।
पार्टीमा समानान्तर छुट्टै कमिटी बनाउने बारेमा पनि बैठकमा कुराकानी भइरहेको उहाँले बताउनुभयो । हिजो ओली पक्षधरको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
नेपाल–खनाल पक्षले उक्त बैठकलाई विधानले नचिन्ने भन्दै त्यहाँबाट भएका निर्णय नमान्ने निष्कर्ष हिजोको बैठकबाट निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया