बारामा बेपत्ता किशोर मृत फेला
२०७७ फागुन २८ गते १६:२६

२८ फागुन २०७७ बारा । बारामा हराइरहेका एक किशोर मृत अवस्थामा फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का १४ वर्षीय सहिद हुसेन मिया अंसारीको शव भेटिएको हो ।
फागुन ११ गतेदेखि हराएका उनको शव उपमहानगरकै वडा नम्वर १० मा भेटिएको प्रहरीले जनाएको छ । किशोर हराएलगत्तै खोजी गरिदिन भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले बालकले लगाएको कपडा र चपलबाट शवको पहिचान गरिएको जनाएको छ । प्रहरीले उनको मृत्यु भएको वा हत्या भन्नेमा अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया