Political Hightlights

सत्तारुढ नेकपा एमालेले बोलायो चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक

हिमालय टिभी
२०७७ फागुन २८ गते १३:०३
सत्तारुढ नेकपा एमालेले बोलायो चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक

२८ फागुन २०७७ काठमाडौं । सत्तारुढ नेकपा एमालेले आगामी चैत १ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको विवादसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता तोडिदिए पछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओली तथा माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष गुटगत भेला भएका थिए । वरिष्ठ नेता खनाल र नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको हिजोको भेलाले पनि पार्टी अध्यक्ष ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा यसअघिका विवाददेखि आगामी राणनीतिबारे नेताले आफ्नो धारणा राख्ने छन्। बैठकले पार्टीको आगामी रणनीतिसँगै अन्य विभिन्न विषयमा एकीकृत धारणा बनाउने बताइएको छ।

साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्ने तयारी गरेका नेताको विषयमा समेत निर्णय गर्ने बुझिएको छ । पार्टीमा उठेका पछिल्ला गुनासा तथा सरकारको कामकारबाहीबारे समेत बैठकले साझा धारणा बनाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *