Political Hightlights

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

हिमालय टिभी
२०७७ फागुन २८ गते १२:५५
कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

२८ फागुन २०७७ काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न बोलाइएको हो ।

आजै दिउँसो चार बजे जनता समाजवादी पार्टी नेपालसँग हुने छलफलबारे पनि कांग्रेस बैठकमा कुराकानी हुनेछ । जसपा नेताहरूसँग सभापति देउवालगायतले बुढानिलकण्ठमा नै छलफल गर्ने तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिन वा ओलीबाहेकको नेतृत्वमा सरकार बनाउन यी दुबै दल निर्णायक छन् । प्रधानमन्त्री ओली यी दुईमध्ये कुनै एक दललाई साथ लिएर सरकारलाई निरन्तरता दिने योजनामा हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कांग्रेस र जसपालाई साथ लिएर ओली इतरको सरकार बनाउने रणनीतिमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्