बेरोजगार युवा र बालबालिकाका लागि बाइडेनले ल्याए अहिलेसम्मकै ठुलो राहत प्याकेज

२८ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेरोजगार युवा र बालबालिका लक्षित गरेर अहिलेसम्मकै सबैभन्दा ठुलो राहत प्याकेजसम्बन्धी विधेयक जारी गरेका छन् ।
आज राष्ट्रपति बाइडेनले १ दशमलव ९ ट्रिलियन डलरको आर्थिक राहत विधेयक लागु गराएका हुन् । कोभिड–१९ ले प्रभावित भएका अमेरिकीहरुको सहायताका लागि यो विधेयक ल्याइएको ह्वाइट हाउसले जनाएको छ ।
हस्ताक्षरसँगै अब यो विधेयकले कानूनी रुप लिइसकेको छ। यो विधेयकमा बेरोजगार युवाहरुको भत्ता विस्तार गरिएको छ भने एकमुष्ट १४ हजार डलर भुक्तान गर्ने तयारी गरिएको छ ।
यस्तै बालबालिका लक्षित गरेर थप योजना पनि ल्याइएको छ । यो योजना लागू भएसँगै करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने ह्वाइट हाउसले जनाएको छ । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयक भनिएको छ ।
राष्ट्रपति बाइडेनले यो विधेयकमा उल्लेखित विषयबारे जानकारी दिन आज देशबासीका नाममा सम्बोधन गर्ने तय भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया