Political Hightlights

जसपाले औपचारिक रुपमा थाल्यो सत्ता समीकरण सम्वाद, यस्तो छ जसपाको बटम लाइन

हिमालय टिभी
२०७७ फागुन २८ गते ६:३०
जसपाले औपचारिक रुपमा थाल्यो सत्ता समीकरण सम्वाद, यस्तो छ जसपाको बटम लाइन

२८ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपाले दलहरुसँग औपचारिक संवाद थालेको छ ।

बिहीबार पाँच जना शीर्षस्थ नेताको बैठक बसेर बटमलाइन तयार पारेसँगै जसपाले दलीय छलफल अघि बढाएको हो ।

पाँच नेताले नयाँ सत्ता समीकरणका विषयमा प्रमुख तीन दलसँग छलफल अघि बढाउने निर्णय गर्दै पार्टीको बटम लाइन तयार पारेका छन् । सोही बटम लाइन अनुसार नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने उसको तयारी छ ।

यसैक्रममा जसपा नेताहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो छलफल गरेका छन् । बालुवाटारमा भएको छलफलमा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई भने सहभागी हुनु भएन ।

भट्टराईसहित तीन जना अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राईबीच भएको बैठकले सकेसम्म राष्ट्रिय सरकार बनाउन पहल गर्नेसहितका निर्णय पनि गरेको छ ।

तर त्यसका लागि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व भने स्वीकार गर्न नसकिने बटम लाइन तयार पारिएको एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रिय सरकार बन्न नसक्ने अवस्थामा बल्ल बहुमतका लागि प्रयास गर्ने तर दलहरुसँग सहकार्यका लागि आफ्ना सांसद रेशम चौधरीको रिहाइ, नेता कार्यकर्ताको मुद्दा फिर्ता र संविधान संशोधनलाई बटम लाइन बनाउने पनि पाँच नेताको निर्णय छ ।

अहिले सम्मको छलफलमा सरकार आफ्ना शर्तप्रति सकारात्मक देखिएको अध्यक्ष ठाकुरको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्