टुइकुनामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

Himalaya Television
२०७७ फागुन २७ गते १४:१४

टुइकुनामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

२७ फागुन २०७७ दुल्लु । कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ ।

राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालीकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs