Main News

एमाले नेता नेपाल पक्षको छुट्टै भेला, यस्तो ग-यो निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते २०:४७
एमाले नेता नेपाल पक्षको छुट्टै भेला, यस्तो ग-यो निर्णय (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले काठमाडौंमा छुट्टै भेला गरेको छ ।

एमाले ब्यूँतिएपछि पुरानै जिम्मेवारीमा फर्किएर एमालेको नेपाल पक्षले काठमाडौंमा भेला गरेर आगामी रणनीतिबारे छलफल गरेको हो । छलफलले वामपन्थीहरुकै सरकार कायम राख्न पहल गर्ने निर्णय गरेको छ ।

तत्काल एमाले र माओवादी केन्द्रको एकता सम्भव नभए पनि वाम एकताका लागि पहल गर्ने निर्णय भेलाले गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

यस्तै धनगढीमा भएको झडपाका विषयमा पनि नेपाल पक्षको प्रतिक्रिया आएको छ । त्यसलाई गलत भन्दै नेपाल पक्षले सर्वोच्चको पछिल्लो फैसलापछि सबै नेता पुरानै जिम्मेवारीमा फर्केको र सबैले त्यसै अनुसार बुझ्नुपर्ने बताएको छ ।

पार्टीलाई परिवर्तित परिस्थितिअनुसार अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने पनि भेलाले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *