राजनीति

नेम प्लेट राख्ने र हटाउने विषयमा एमाले कार्यकर्ता यसरी उत्रिए कुटाकुटमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते २०:३३
नेम प्लेट राख्ने र हटाउने विषयमा एमाले कार्यकर्ता यसरी उत्रिए कुटाकुटमा (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पार्टी ब्युँताइदिएपछि नेकपा एमालेमा लफडा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक र विरोधी एकै ठाउँमा भएपछि झडपकै अवस्था आउन थालेको छ ।

अन्तरविरोध शीर्ष तहदेखि प्रदेशसम्मै छ । धनगढीमा आज ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । नेपाल पक्षका नेता भीम रावल र ओली पक्षका कर्ण थापाबीचको अन्तरविरोध आज कुटाकुटमै परिणत भएको छ ।

यो दृष्य धनगढीको हो । नेकपा एमालेको सुदूरपश्चिम कार्यालय धनगढीको । धनगढीको चटकपूरमा रहेको कार्यालयमा यसरी लड्ने नेकपा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ता हुन ।

कार्यालयमा पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले एमालेको बोर्ड राख्ने कार्यक्रम राख्नुभएको थियो । तर त्यसअघि नै कार्यालयमा नेपाल समूहले बोड राखेर भीम रावल इन्जार्च लेखिएको नेम प्लेटसमेत राखिसेको थियो । तर ओली समूहका थापाले त्यो भीम रावल पार्टीको ईञ्चार्ज नभएको दावी गर्नुभयो । र, रावलको नाम फालेर लेखराज भट्टको नाम राखियो ।

भीम रावलको ठाउँमा माओवादी छाडेर एमालेमा रहने निर्णय गरेका लेखराज भट्टको नेम प्लेट टाँसेसँग विवाद भयो ।

नेपाल समूहले पनि भट्टको नाम फाले र भीम रावल जिन्दावाद भन्दै नाराबाजी गर्‍यो । दुबै समुहबिच पार्टीको प्रदेश कार्यालयमै झडप समेत भयो । झडपमा एमाले कार्यकर्ताले इँटा हान्न खोजे ।

इँटा प्रहरीले खोसेपछि केपी ओली जिन्दावादको नारा पनि लाग्यो ।नेपाल समूहका कार्यकर्ता यसरी आक्रमणमा उत्रिए । कार्यालयमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरियो

लेखराज भट्टनै एमालेको आधिकारिक र वैचानिक ईन्चार्ज हुने एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाको तर्क छ । अध्यक्षको अनुमतिबिना नै रावलले बैंकमा रहेको ३० लाख रुपैयाँ रकम हिनामिना गरेकाले रावल कारबाहीमा परेको र लेखराज भट्टलाई पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ईन्चार्ज तोकेको थापाको तर्क छ ।
तर नेपाल समूह यसलाई मान्न तयार छैन । रावल नै प्रदेश इन्चार्ज रहेको यो समूहको दावी छ । ओली समूहले आफूलाई विशिष्ट र अरुलाई दोस्रो दर्जाको ठानेको नेपाल पक्षको गुनासो छ ।

सुदूरपश्चिम प्रदेशमा भीम रावल र लेखराज भट्टको नाममा भएको यो विवाद र लडाइँ एउटा प्रदेशको होइन, नेकपा एमालेभित्र आगामी दिनमा नेतृत्व र देशभर देखिने एउटा संकेत मात्रै हो । त्यसैले एमालेको आगामी आन्तरिक सांगठानिक जीवन सहज हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्