एमालेमा नेपाल पक्षले ओली पक्षसँग सहजै सम्झौता नगर्ने संकेत (भिडियो रिपोर्टसहित)
२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षसँग सहजै सम्झौता नगर्ने संकेत गरेको छ ।
आफूले पहिलेदेखि उठाउँदै आएको विधि पद्धतिको मुद्दामा बहस गर्ने नेपाल पक्षले बताएको छ । संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र विभिन्न विषयमा विमति रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भनेर विस्तृत छलफल गर्ने बताउनुभयो ।
पार्टीको बैठक बोलाउने विषयमा पनि आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो ।
एमालेका वरिष्ठ नेता नेपालले वर्तमान सरकार टिकाउने–नटिकाउने भन्ने बारेमा आफूलाई कसैले केही नभनेको बताउनुभयो ।
यस्तै अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीलाई मन नपरेको संसद पुनर्स्थापना ऐतिहासिक भएको बताउनुभयो । अब संसदमा नयाँ खेल शुरु हुने पनि बताउनुभयो ।
नयाँ खेल के हो भन्ने खनालले प्रष्ट नपारे पनि नयाँ सत्ता समीकरणको खेल चलिरहेका बेला खनालको यो अभिव्यक्ति अर्थपूर्ण छ ।
प्रतिक्रिया