बर्दियामा फेरि पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु
२०७७ फागुन २६ गते १७:४२

२६ फागुन २०७७ बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ । बर्दियामा बाघको आक्रमणबाट यो वर्ष मात्रै ८ जनाको ज्यान गइसकेको छ ।
मधुवन नगरपालिका वडा नम्बर ३ को सामुदायिक वनमा घाँस काट्न गएकी कोटियाघाट बजारकी २७ वर्षीय रिना सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आज दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेर लगेको थियो । पछि जंगलमा सुनारलाई मृत अवस्थामा फेला पारिएको थियो ।
यसअघि फाल्गुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघको आक्रमणबाट ६५ वर्षका एक पुरुषको ज्यान गएको थियो । पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया