Political Hightlights

राप्रपाद्वारा पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्त

हिमालय टिभी
२०७७ फागुन २६ गते १४:५७
राप्रपाद्वारा पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्त

२६ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ ।

पार्टीको अन्तरिम विधान अनुसार तीन जना अध्यक्षले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्ति गरेको राप्रपाले जनाएको छ ।

राप्रपाले प्रदेश –१ को अध्यक्षमा राम थापा र उपाध्यक्षमा सगुनसुन्दर लावती, प्रदेश –२ को अध्यक्षमा रामचन्द्र राय र उपाध्यक्षमा महेशलाल महासेठ, गण्डकी प्रदेश अध्यक्षमा हेमजंग गुरुङ र उपाध्यक्षमा महेश्वर रोक्का हुनुहुन्छ ।

त्यस्तै लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीपकुमार उदय र उपाध्यक्षमा कैलाश गुरुङ र कर्णाली प्रदेश अध्यक्षमा दीपबहादुर शाही र उपाध्यक्ष जनकसिंह ठकुरी नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्