Main News
प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर चैत ३ गतेसम्मका लागि स्थगित
२०७७ फागुन २६ गते १३:४८

२६ फागुन २०७७ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक १४ जनाको शोक प्रस्ताव पारित गरेर चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक अब चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने छ । आज बैठकले प्रतिनिधि सभा सदस्यहरु सानु सिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसदहरु मेजर दीपकबहादुर गुरूङ, डाक्टर राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ्ग लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डाक्टर शंकरप्रसाद उप्रेतीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
यस्तै आजको बैठकले संविधान सभा सदस्यहरु मानपुर चौधरी र भीमप्रसाद गौतमको निधनमा पनि शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया