Main News

माधवकुमार नेपालले आफ्नो समूहसँग आज छुट्टै छलफल गर्दै

हिमालय टिभी
२०७७ फागुन २६ गते १३:४४
माधवकुमार नेपालले आफ्नो समूहसँग आज छुट्टै छलफल गर्दै

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग आज छुट्टै छलफल गर्न लाग्नु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा नेता नेपालले आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको भेला बोलाउनु भएको हो काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने भेलामा सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ।

अदालतको फैसलापछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित अवस्थाकाबारेमा छलफल गर्न लागेको एक नेताले बताए । छलफलबाट आगामी दिनमा अपनाउने रणनीति तय गर्ने बताइएको छ।

भेलामा प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेका सदस्यहरुका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधिसभा विघटनपछि ओलीले तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटि विस्तार गरेर १५०१ सदस्य पुर्‍याउनु भएको थियो ।

नेकपासम्बन्धी विवादमा फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नेपाल समूह दबावमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *