विदेश

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा कम्तिमा ३९ जना आप्रवासीको मृत्यु

हिमालय टिभी
२०७७ फागुन २६ गते ८:००
ट्युनिसियामा डुंगा दुर्घटना हुँदा कम्तिमा ३९ जना आप्रवासीको मृत्यु

२६ फागुन २०७७ ट्युनिसिया । ट्युनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जना आप्रवासीको मृत्यु भएको छ ।

ट्युनिसियाको सामुद्रिक क्षेत्रमा दुई छुट्टाछुट्टै डुंगा दुर्घटना हुँदा कम्तिमा ३९ आप्रवासीको मृत्यु भएको ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ ।

अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको सुरक्षा अधिकारीको भनाइ छ । गैरकानूनी रुपमा युरोप प्रवेश गर्न हिंडेको अफ्रिकी आप्रवासी शरणार्थी सवार डुंगा भूमध्य सागरमा दुर्घटना हुन पुगेको थियो ।

तटरक्षकले १ सय ६५ जनाको उद्दार गरेका थिए । गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी देशबाट गैरकानूनी डुंगामा असुरक्षित रूपमा युरोप प्रवेश गर्ने क्रमा वर्षेनी सयौं अफ्रिकी आप्रवासीहरूको दुर्घटना मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *