Main News

कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले मतपत्र छाप्न तयार रहन मन्त्रीको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते १९:२०
कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले मतपत्र छाप्न तयार रहन मन्त्रीको निर्देशन (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई चुनावका लागि मतपत्र छाप्न तयार रहन निर्देशन दिनु भएको छ ।

भक्तपुरको सानो थिमिस्थित जनक शिक्षाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जुनसुकै बेला चुनावको मिति घोषणा हुन सक्ने भन्दै मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले यो बर्ष समयमै पाठ्यपुस्तक विकट स्थानमा पुर्‍याउने गरी काम गर्न पनि जनक शिक्षाका कर्मचारीलाई निर्देशन दिनुभयो । कुनै पनि बाहनामा विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित हुन नहुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *