Main News

ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते १५:१५
ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ ललितपुर । ललितपुरमा रहेको कुमारी छेंको पुनर्निर्माण र कुमारी निवासको नवर्निर्माण हुने भएको छ ।

७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गर्नुभयो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साढे ४ करोड रुपैयाँ लागतमा यसको पुनर्निर्माण गर्नेछ । नयाँ बन्ने कुमारी घरमा कुमारीलाइ बस्नका लागि सबै सुविधा हुनेछ ।

विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्पले भत्काएको थियो । यसका भौतिक संरचना पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने प्राधिकरणले जनाएको छ । डेढ वर्षमा तयार हुने भवन भूकम्प प्रतिरोधी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *