Main News

नेकपा एकता भंग भएपछि पहिलो मन्त्रिपरिषद बैठक बस्दै

हिमालय टिभी
२०७७ फागुन २५ गते १३:२५
नेकपा एकता भंग भएपछि पहिलो मन्त्रिपरिषद बैठक बस्दै

२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकता भंग गरेर पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । नियमित एजेण्डामा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर राजनीतिक परिस्थिति बदलिएकाले केही राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा, प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्ट ओली सरकारको मन्त्रिपरिषदमा हुनुहुन्छ ।

यस्तै माओवादी केन्द्रका नेताहरु मणिचन्द्र थापा र दाबा तामाङ पनि मन्त्रिपरिषदमा हुनुहुन्छ । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरिसक्नुभएको छ ।

माओवादी पृष्ठभूमिका मन्त्रीहरुले ओलीलाई नै साथ दिने अनुमान गरिएको छ । यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भने स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *