बारामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

हिमालय टिभी
२०७७ फागुन २५ गते १३:१६
बारामा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

२५ फागुन २०७७ बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

पेन्टरको काम गर्दै आएका १९ वर्षीय रोहित शर्माको आज बिहान घरभित्रै हत्या भएको हो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिम प्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनास्थलको अवलोकन गर्नुभएका डीएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका मृतक निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

आज बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।

यसैबीच घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *