Main News

उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने

हिमालय टिभी
२०७७ फागुन २५ गते ७:२३

२५ फागुन २०७७ काठमाडौं । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ ।

साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि नहुने गरी उपयुक्त निरुपण गरिने बताउनु भएको छ ।

उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि एमाले वा माओवादी कुन दलतर्फ जाने भन्ने अन्योल भने कायमै छ । पूर्वप्रमुुख कार्यवाहक निर्वाचन आयुुक्त दोलखबहादुर गुरुङले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको कानूनी व्यवस्थाअनुसार उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा १६ जना उम्मेदवार विजयी भएका थिए । यी १६ जना सांसदको हैसियत पनि स्वतन्त्र हुने र उनीहरू पछि अर्को पार्टीमा प्रवेश गर्दा पद नजाने तर्क गुरुङको छ ।

केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आयोगमा निवेदन दिएमा अझै पनि एकीकरणको सम्भावना जीवित रहेको आयुक्त गुुरुङको तर्क छ । त्यसो हुँदा पुरानै प्रमाणलाई आधार मानेर नयाँ दल दर्ता हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *