राजनीति

माधव नेपालका सामु अब यस्ता छन् विकल्प (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते २०:३३
माधव नेपालका सामु अब यस्ता छन् विकल्प (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं। सर्वोच्च अदालतको फैसलाले नेकपाको ओली समूह खुसी छ । ओली समूहमा रहेका तत्कालीन माओवादीका नेता रामबहादुर थापा लगायतलाई पनि संकट परेको छ । तर यी नेता सत्ता पक्षमा नै रहेकाले केही उपाय निकाल्ने योजनामा ढुक्क छन् ।

तर प्रचण्ड नेपाल समूह अदालतको फैसलाबाट खुसी छैन । र फैसलापछि बढी दबाब प्रचण्ड नेपाल समूहमा लागेका तत्कालीन एमालेका नेतालाई परेको छ । अब उनीहरु कसरी अघि बढ्लान त भन्ने धेरैलाई चासो छ । नेपाल समूहसामु अब के के विकल्प छन् त हेरौं ।

नेकपा एमालेमा महाधिवेशनबाट निर्वाचित १५ जना पदाधिकारीमध्ये ९ जना अहिले प्रचण्ड(नेपाल समूहमा छन् । एकजना तटस्थ र ५ जना ओली समूहमा छन् । अब उनीहरुसँग के(के विकल्प हुन सक्ला त रु

पहिलो विकल्पः ओली समूहसँग मिलेर जाने
यो समुहका लागि एउटा विकल्प नेकपा एमालेमा नै फर्केर पद जोगाउने हुन सक्छ । अहिले प्रचण्ड नेपाल समूहमा रहेका माधव नेपाल सहित तत्कालीन एमालेका सांसद सँग रहेको पहिलो र सरल विकल्प भनेको एमालेमा फर्किएर अध्यक्ष ओलीसँग मिल्नु हो । तर त्यो संभावना निकै कम छ । किनकी यो बीचमा उनीहरु यति टाढा पुगिसकेका छन् कि अब तत्कालै मिल्नका लागि कुनै पुल नै छैन । अदालतको फैसलापछि पनि सबैभन्दा बढी आरोप प्रत्यारोप ओली समूह र नेपाल समूहकै बीचमा चलिरहेको छ ।

दोश्रो विकल्पः सर्वोच्च अदालतको फैसला पुनरावलोकन
नेपाल समूहसँग सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिने विकल्प छ । तर यो तत्काल छिनोफानो हुँदैन । पुनरावलोकन निवेदनको सुनुवाई प्रक्रिया निकै लामो हुने भएकाले तत्कालको संकट टार्न त्यो उपयुक्त हुँदैन । अरु विकल्प पनि खोज्दै गर्ने र तत्कालका लागि पुनरावलोकन पनि गर्ने रणनीति प्रचण्ड नेपाल समूहको देखिन्छ । पुनरावलोकनको फैसला यहि पक्षमा नै आउँछ भन्ने पनि नभएकाले तत्कालका लागि नेपाल समूहलाई यो विकल्प पनिले सहयोग गर्ने देखिदैन ।

तेश्रो विकल्पः केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउने
राजनीतिक दलसम्बन्धी ऐनमा कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदीय दलमा कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने व्यवस्था छ । अर्थात अर्को पार्टी बनाउन वा अर्को पार्टीमा मिसिन नेपाल समूहलाई केन्द्रिय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य पुर्‍याउनु पर्छ । तत्कालीन नेकपा एमालेको केन्द्रीय समितिमा माधव नेपालसँग ४० प्रतिशत संख्या भए पनि संसदीय दलमा पुग्दैन ।

त्यसैले संसदीय दलमा पनि ४० प्रतिशत पुर्‍याउन नेपालले ओली समूहमा रहेका केही सांसदलाई आफूतिर तान्नु पर्ने हुन्छ । नेकपा एमालेसँग हाल १२० जना सांसद छन् । नेपाल समूहलाई दल विभाजन गर्न कम्तीमा ४८ जना सांसद चहिन्छ । हाल नेपालको पक्षमा ४० जना सांसद छन् । ओली समुहमा ७८ जना सांसद छन् । लालवावु पण्डित र तुलसा थापा तटस्थ हुनुहुन्छ । यो अंक गणीत हेर्दा नेपाल समूहले थप ८ जना सांसद तान्नु पर्ने छ ।तर अहिले सत्ता र शक्तिमा रहेको ओली समूहबाट सांसद तान्नु नेपालका लागि फलामको च्युरा चपाउनु सरह हुनेछ ।

चौथो विकल्पः सहज समयको प्रतिक्षा
केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएपछि यो समूहसँग रहेको अर्को बिकल्प हो, सहज समयको प्रतिक्षा । जसरी नेपाल समूहलाई एमालेबाट अलग्गिन गाह्रो छ । त्यस्तै गाह्रो तत्कालीन माओवादीबाट अहिले ओली पक्षमा गएका नेता र सांसदलाई पनि छ ।

उनीहरुलाई एमाले बनाउन ओली समूहले केही न केही उपाय लगाउने छ । त्यस्तो अवस्थामा नेपाल समुहलाई पनि अलग्गिने अवसर हुनेछ । त्यसवाहेक ओली इतरका दलको सरकार बन्यो भने पनि नेपाल समूहलाई सहज हुनेछ । किनकी त्यस्तो अवस्थामा राजनीतिक दल सम्वन्धि ऐन नै शंशोधन गरेर पनि नेपाल समूह एमालेबाट निस्कन सक्नेछ ।

पाँचौं विकल्पः चुनावको प्रतिक्षा
संविधान अनुसार अहिलेको सरकारले विश्वासको मत पाएन र संसदबाट अर्को सरकार पनि बन्न सकेन भने देश मध्यावधी चुनावमा जानेछ । चुनाव हुने भएपछि अहिलेका सबै सांसदको पद स्वतः जान्छ । त्यसपछि विभाजनका लागि कुनै समस्या हुनेछैन ।

देश चुनावमा गएको स्थितिमा नेपाल समूहले नयाँ पार्टी बनाएर वा अर्को पार्टीमा मिसिएर चुनाव लड्न सक्ने छ । यसवाहेक सांसद पदको माया मारेर पनि नेपाल समूह प्रचण्डसँगै मिलेर अघि बढ्न सक्नेछ । किनकी पार्टीले उनीहरुलाई गर्न सक्ने कारवाही भनेको बढीमा पदबाट हटाउन निर्वाचन आयोगमा सिफारिस गर्ने सम्मको मात्रै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्