Main News

निजी वनसम्बन्धी कानून किसानमैत्री बन्छ : मन्त्री आले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १६:३५
निजी वनसम्बन्धी कानून किसानमैत्री बन्छ : मन्त्री आले (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वनसम्बन्धी कानूनलाई किसानमैत्री बनाउने बताउनुभएको छ ।

पारीवारिक निजी वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानूनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै त्यसलाई सुधार गर्ने बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्षमा निजी वनको प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

सिचाइँ नहुने जग्गामा माटो परीक्षण गरी जडिबुटी उत्पादनका लागि बजेट व्यवस्थापन गरेको मन्त्री आलेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *