प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्च अदालतलाई सोध्न जानूः प्रधानमन्त्री ओली

२४ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्च अदालतमा सोध्न जान आग्रह गर्नु भएको छ ।
हिजो संसद बैटकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने स्पष्ट पार्न आग्रह गर्नु भएको थियो । त्यसको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजधानीमा आज भएको एक कार्यक्रममा प्रधानमन्त्री कुन पार्टीको हो भन्ने कुरा सोध्न सर्वोच्च अदालत जान आग्रह गर्नु भएको हो ।
आफू नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री भएको संकेत गर्दै भन्नुभयो–प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ भन्दैछन् । प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्च अदालतमा सोध्न जानू ।
प्रधानमन्त्री ओलीले भन्नुभयो–हिजो म बोलिनँ, प्रधानमन्त्री कुन पार्टीको हो भन्दै थिए । मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो–उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । म नेकपाको साधारण सदस्य पनि होइन । अदालतले भन्यो म कुन पार्टीको हो सदस्य हो कुन पार्टीको अध्यक्ष हो । अदालतले भनेको पनि नसुन्ने ?
संसदलाई छलफल गर्ने थलो बनाउन आग्रह गर्दै उहाँले माननीयले माननीयकै भाषा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संसदलाई समस्या समाधान गर्ने छलफलको थलो बनाउन पनि आग्रह गर्नुभयो । संसदमा छलफल भएको हो कि धामी नाच नदेखाउन हुने बताउनुभयो ।
प्रतिक्रिया