Political Hightlights

सर्वोच्च अदालतको फैसलाबारे नेकपा प्रचण्ड–नेपाल समूहको आयो यस्तो प्रतिक्रिया

हिमालय टिभी
२०७७ फागुन २३ गते १६:२०
सर्वोच्च अदालतको फैसलाबारे नेकपा प्रचण्ड–नेपाल समूहको आयो यस्तो प्रतिक्रिया

२३ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई “बेठिक टाइम”को न्यायको संज्ञा दिनुभएको छ ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले “बेठिक टाइम” मा न्याय दिने काम भएको बताउनुभएको हो ।

उहाँले अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताउनुभयो । उहाँले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन आयोगमा परिरहेको बहसको सम्बन्धमा केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाइममा दिनुपर्थ्यो । बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हामीले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । ३ वर्षमा धेरै काम भएको छ ।”

उहाँले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभए पनि यसले विभिन्न ठाउँमा साइड इफेक्ट पार्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्