Main News
पहाडी तथा हिमाली भू–भागमा सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना
२०७७ फागुन २२ गते ९:०८
२२ फागुन २०७७ काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज बिहानैदेखि मौसम बदली भएको छ ।
देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावनाछ ।काठमाडौँ आसपासका क्षेत्रमा भने हिजो साँझ नै पानी परेको थियो ।
प्रदेश नं. १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको केही स्थानमा सोमबारसम्म हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया