Main News

संघीय संसद अधिवेशन भोलिदेखि शुरु हुँदै, विधेयक अधिवेशन सरकार निर्माणमा बढी केन्द्रित रहने

हिमालय टिभी
२०७७ फागुन २२ गते ७:१६
संघीय संसद अधिवेशन भोलिदेखि शुरु हुँदै, विधेयक अधिवेशन सरकार निर्माणमा बढी केन्द्रित रहने

२२ फागुन २०७७ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलीदेखि शुरु हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ ।

कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा सङ्घीय संसदमा विधेयकको चाप छ ।

सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।

विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् । दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा सन्देशसहित पठाएका विधेयक सङ्ख्या दुई छ ।

सन्देश भने पेस हुन बाँकी रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन् ।

यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन् । प्रतिनिधि सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी विधेयक सङ्ख्या एक मात्र छ ।

सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् । सङ्घीय संसदले हालसम्म छवटा सन्धि तथा सम्झौता पारित गरिसकेको छ ।

प्रतिक्रिया

One thought on “संघीय संसद अधिवेशन भोलिदेखि शुरु हुँदै, विधेयक अधिवेशन सरकार निर्माणमा बढी केन्द्रित रहने

  1. Suru hunagairaheko Sanghiya Sansad lai “Bidheyak Adhibesan” ta bhaniyo yo ta dangdunge Adhibesan ma parinat hune po ho ki bhanne halla sunin6 ta.Testo na hos.Hamra Saansad harule samyamit bhayera adhibesan sanchalan ma sahayogi bhumika khelnu hunema sabai aasabadi chhan. Pashupatinath le sabaima sadbuddhi pradan garun.

Leave a Reply

Your email address will not be published. Required fields are marked *