Main News

के भन्छन विप्लवका नेता- कार्यकर्ता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते ६:१४
के भन्छन विप्लवका नेता- कार्यकर्ता ? (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । दुई वर्षको प्रतिबन्ध खेपेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा अन्ततः शान्तिपूर्ण राजनीतिमा आएको छ । सरकार र विप्लव नेकपा बिचको यो सम्झौताको अनेक कोणबाट विश्लेषण भइरहेको छ ।

कतिपयले यसलाई केपी ओलीको राजनीतिक स्टन्ड सम्झेका छन् भने कतिपयले सरकारको नियमित काम अनुसार नै भएको बुझेका छन् । विप्लवको बिचारलाई मनन गरेर अघि बढिरहेका कार्यकर्ताले भने यसलाई फरक तवरले बुझेका छन् ।

राष्ट्रिय सभा गृहभित्र सहमतिमा हस्ताक्षर भइरहँदा सभागृह परिसरमा नेकपाका कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

उनीहरुमा पार्टी मुलधारको शान्तिपूर्ण राजनीतिमा आएको खुसी त थियो नै । त्योसँगै विप्लवको राजनीति ठिक थियो भनेर सरकारले स्वीकार गर्‍यो भन्ने उनीहरुको बुभाइ छ । प्रतिबन्ध लगाउने सरकारको दुई वर्षअघिको निर्णय गलत भएको र सरकारले अहिले आएर विप्लव सही रहेछन् भनेर स्वीकारेको नेकपाका नेता तथा कार्यकर्ताको दावी छ ।

सहमतिमा विप्लवको दलले उठाउँदै आएको राजनीतिक विषय केही उल्लेख छैन । संसदीय ब्यवस्थाले जनताको आधारभुत आवश्यकता पूरा नगरेकै कारण क्रान्ति आवश्यक भएको धेरै कार्यकर्ताले बुझेका छन् ।

उनीहरुले भनिरहेका छन्, प्रचारमा भएको जस्तो विप्लवले हारेका होइनन् बरु सरकारले २ वर्ष अघि गरेको गल्ती सुधार्न खोजेकाले पार्टीले साथ मात्र दिएको हो । उनीहरुका अनुसार संसदीय व्यवस्था विरुद्ध दशवर्षे जनयुद्धका मुलमुद्दा लिएर गरिने संर्घष अझै बाँकी छ ।

सहमतिपछि अब भूमिगत भएका नेकपाका सबै कार्यकर्ता सार्वजनिक हुने छन् । जेलमा भएका छुट्ने छन् । उनीहरुलाई भूमिगत राजनीति सजिलो थिएन । त्यसैले यो सहमतिसँगै उनीहरु अब राज्य दोहन गर्नेसँग खुल्लम खुल्ला लड्न सजिलो भयो भन्छन् ।

हिंसात्मक गतिविधीले देश र नागरिक दुवैलाई फाइदा गर्दैन । नागरिकको चाहना पनि देशमा शान्तिपूर्ण वातावरण होस् भन्ने नै छ । र हिंसात्मक गतिविधि गर्दै आएको एउटा समूहले हिंसा छाडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *