Political Hightlights

नेकपाका महासचिव विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ फागुन २१ गते ७:३१
नेकपाका महासचिव विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने

२१ फागुन २०७७ काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुँदै हुनुहुन्छन। बुधबार र बिहीबार सरकार र विप्लव समूहबीचको वार्ता सफल भएपछि हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले २ वर्षअघि लगाएको प्रतिबन्ध हटाएर विभिन्न मुद्दामा थुनामा रहेका विप्लव समूहका नेताकार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको छ । हिजो भएको सहमति आज दिउँसो सार्वजनिक गरिने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिको विस्तृत विवरण प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विप्लव आज हेलिकप्टरबाट काठमाडौं आउँदै हुनुहुन्छ ।

उहाँलाई ल्याउन सरकारले हेलिकोप्टर स्ट्याण्ड बाई रोखेको जनाएको छ । विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए ।

यसअघि हिजो भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ । सहमतिअनुसार सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र झूटा मुद्दा खारेज गर्नेसम्म रहेका छन् ।

सरकारले उक्त समझादारीलाई कार्यान्वयनमा लैजाँदै चन्दमाथिको प्रतिबन्ध बिहीबार साँझ नै हटाएको थियो ।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो । यो २ वर्षको अवधिमा एक शिक्षक र अन्य केही सर्वसाधारणले ज्यानसमेत गुमाएका छन् ।

के विप्लवले भोलि यी प्रश्नको जवाफ देलान् ? (भिडियो रिपोर्टसहित)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्