Main News
अदालतमा विदा, नेकपा नामको फैसला आज नआउने
२०७७ फागुन २० गते ९:५९

२० फागुन २०७७ काठमाडौं । नेकपा नामको आधिकारिकता विवादमा आज आउने भनिएको फैसलाको मिति सरेको छ ।
पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन देशभरका सबै अदालत बन्द भएसँगै फैसलाको मिति सरेको हो ।
यसअघि गत बिहीबार सर्वोच्च अदालतले आजका लागि नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गर्नुभएको थियो ।
प्रतिक्रिया