Main News

प्रधानमन्त्री र शिक्षामन्त्रीले नै अराजकता प्रस्तुत गरेको भन्दै दश पूर्वउपकुलपतिले जनाए आपत्ति

हिमालय टिभी
२०७७ फागुन २० गते ७:४५
प्रधानमन्त्री र शिक्षामन्त्रीले नै अराजकता प्रस्तुत गरेको भन्दै दश पूर्वउपकुलपतिले जनाए आपत्ति

२० फागुन २०७७ काठमाडौं । पूर्वउपकुलपतिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मेडिकल कलेजलाई सम्बन्धन दिन दबाव दिएर अराजकता प्रस्तुत गरेको बताएका छन् ।

विभिन्न विश्वविद्यालयका १० पूर्वउपकुलपतिले विज्ञप्ति प्रकाशित गरेर बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय केयूले गरेको निर्णय सच्याउन माग गरेका हुन् ।

गैरकानूनी र गैरजिम्मेवार तरिकाले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको उनीहरुको भनाइ छ । प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा केयूले झापास्थित बीएन्डसी मेडिकललाई सम्बन्धन प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार झापा पुगेर उक्त कलेजलाई केयूबाट सम्बन्धन दिइ छाडिने बताउनु भएको थियो ।

उच्चस्तरीय चिकित्सा शिक्षा कार्यदल २०७२ का संयोजक तथा पूर्वउपकुलपति केदारभक्त माथेमासहितको पूर्वउपकुलपतिहरुको समूहले सरकारले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको जनाएका छन् ।

विश्वविद्यालयको स्वायत्तता र सुशासनको प्रश्‍न र तिनको जर्गेना चुनौतीको रुपमा खडा भएको विज्ञप्तिमा उल्लेख छ । कार्यदलको सुझावअनुसार चिकित्सा शिक्षा ऐनमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने प्रावधान राखिएको छ । केयूले १० भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *