Main News

नेकपा विवादमा आयोग अनिर्णयको बन्दी बनेकोमा पाँच जना प्रमुख आयुक्तको असन्तुष्टि

हिमालय टिभी
२०७७ फागुन १९ गते १९:१९
नेकपा विवादमा आयोग अनिर्णयको बन्दी बनेकोमा पाँच जना प्रमुख आयुक्तको असन्तुष्टि

१९ फागुन २०७७ काठमाडौं । सत्तारुढ नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बनेपछि पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले मुख खोलेका छन् ।

संयुक्त विज्ञप्ति निकालेर उनीहरुले आयोग अनिर्णयको बन्दी बनेको भन्दै असन्तुष्टि जनाएका हुन । उनीहरुले आयोगको भूमिकाले राजनीतिक प्रक्रिया र आयोगकै शाखमा असर पार्ने सक्ने उनीहरुको चिन्ता छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, डाक्टर अयोधीप्रसाद यादव, डाक्टर नीलकण्ठ उप्रेती र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति निकालेर प्रचलित कानून स्थापित नजिरका आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन आग्रह गर्नुभएको छ ।

पाँच जना पूर्व प्रमुखहरुले विज्ञप्तिमा प्रचलित कानून र स्थापित नजिरका आधारमा उपयुक्त निर्णय दिन भनेर उल्लेख गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ ।

आयोग ओली सरकारको दबावमा परेको आवाज उठिरहेका बेला पूर्व प्रमुखहरुले यसरी विज्ञप्ति निकालेका छन ।

राजनीतिक दलको विवाद निरुपणमा गरेको ढिलाइले निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्ततामा प्रश्न उठाइएकाले आफूहरुलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *