Main News

ताप्लेजुङको दोभान आगलागी पीडितलाई भूकम्प पीडितलाई सरह सहयोग दिन माग

हिमालय टिभी
२०७७ फागुन १९ गते १७:२३
ताप्लेजुङको दोभान आगलागी पीडितलाई भूकम्प पीडितलाई सरह सहयोग दिन माग

१९ फागुन २०७७ काठमाडौं । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोग दिन सरकारसँग माग गरेका छन ।

गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै पुनर्स्थापनाको माग गरिएको ताप्लेजुङका सांसद एवं दोभान बजार अग्नी पीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार घरबासविहीन भएकालाई तत्काल राहतको व्यवस्था गर्न, पहाडी भेगका बजारमा आगो लाग्दा हुने जोखिम कम गर्नका लागि व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम शुरु भइसकेको र आवासको निम्ति भूकम्प पीडित सरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराउने बताउनुभयो ।

तत्कालीन राहतका रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर घर बनाउन पाँच लाख रुपैयाँ दिने पनि गृहमन्त्रीले जानकारी दिनुभयो ।

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका– ३ दोभान बजारमा फागुन १८ गते आगो लाग्दा ४९ घर जलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *