Main News

सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते १३:५७
सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड नाइन्टिनविरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायतका सांसदहरुले खोप लगाउनु भएको छ । खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड नाइन्टिनविरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिनुभयो ।

सभामुख सापकोटाले सांसदलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताउनुभयो ।

खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड नाइन्टिन माथि विजय प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

२३ गतेदेखि शुरु हुने संसदको अधिवेशन अघि नै सांसद तथा संसद सचिवालयका सबै कर्मचारी, मर्यादापालक, पत्रकार, सुरक्षाकर्मीलगायत सबैलाई खोप लगाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *