प्रचण्ड–नेपालसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला (भिडियो रिपोर्टसहित)

रासस
२०७७ फागुन १९ गते १३:४१

प्रचण्ड–नेपालसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो ।

उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भन्नुभयो, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।”

उहाँले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनुभयो ।”

फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs