विदेश

सरकारी जागिरको प्रलोभनमा मन्त्रीले नै यौन शोषण गरेपछि….

हिमालय टिभी
२०७७ फागुन १९ गते ८:५१
सरकारी जागिरको प्रलोभनमा मन्त्रीले नै यौन शोषण गरेपछि….

१९ फागुन २०७७ कर्नाटक । भारतको कर्नाटकमा एउटा यौन स्क्यान्डलसम्बन्धी सिडीका विषयमा बबाल मच्चिएको छ । यौन स्क्यान्डल प्रकरणमा जल संसाधन मन्त्री रमेश जारकीहोलीविरुद्ध उजुरीसमेत दर्ता भएको छ ।

मन्त्री जारकीहोलीमागि जागिर दिलाइदिने नाममा महिलाको यौन शोषण गरेको आरोप छ । यो सिडी एक सामाजिक कार्यकर्ताले सार्वजनिक गरेका हुन् । यद्यपि मन्त्री जारकीहोलीले यसलाई राजनीतिक षड्यन्त्र बताएका छन् ।

यता यही विषयलाई लिएर विपक्षी दल कंग्रेस आईले धर्ना र प्रदर्शन गरेको छ । कंग्रेसले यस विषयमा आज पत्रकार सम्मेलन गर्ने भएको छ।

मन्त्री जारकीहोलीमाथि सरकारी जागिर लगाइदिने प्रलोभनमा यौन शोषण गरेको आरोप छ । यो सिडी सामाजिक कार्यकर्ता तथा नागरिक हक्कु होरता समितिका अध्यक्ष दिनेश कल्लाहल्लीले सार्वजनिक गरेका हुन् ।

मन्त्री जारकीहोलीमाथि कर्नाटक पावर ट्रान्समिसन कर्पोरेशन लिमिटेडमा जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको तर जागिर भने नलगाइदिएको आरोप छ ।

मन्त्री जारकीहोलीले भने ती महिलालाई जागिर लगाइदिने बताए पनि यौन शोषणको आरोप राजनीतिक षड्यन्त्र भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *